Wed Sep 28 2022
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन पुन: काेराेना संक्रमित

भारतका दिग्गज कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्।

उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्।

काेराेना संक्रमण पुष्टि भएसँगै उनी आइसाेलेसनमा बसेका छन्।

बच्चन हाल ‘कौन बनेगा करोडपति’काे सञ्चालन गरिरहेका छन्।