Sat Oct 1 2022
आर्थिक

शेयर बजार १८.३० अङ्कले घट्यो

काठमाडौँ – शेयर बजार आज बिहीवार १८.३० अङ्कले घटेको छ । योसँगै शेयर बजार परिसूचक नेप्से दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक दोहोरो अङ्कले घटेको दिन दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ ।