Thu Oct 6 2022
मुख्य खबर

नेपालमा थप ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ९६ पिसिआर परिक्षणका क्रममा २ सय ११ जना र २ हजार ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार १ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।