Sat Sep 24 2022
समाचार

राष्ट्रपतिप्रति सत्ता गठबन्धन सशंकित

काठमाडौं । नागरिकता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएका पछिल्ला गतिविधिप्रति सत्तारूढ गठबन्धनका नेताहरू संशकित भएका छन् ।

यसबाट राष्ट्रपति र सत्तारूढ गठबन्धनबीच संशयको स्थिति पैदा भएको छ ।

गठबन्धन दलको बिहीबार बिहान बसेको बैठकमा नेताहरूले राष्ट्रपतिका गतिविधिप्रति आशंका व्यक्त गरेका थिए ।

राष्ट्रपतिले सेना प्रमुख तथा सुरक्षा निकायका अधिकारीहरूसँग गरेको छलफलप्रति उनीहरूको चासो थियो । स्रोतका अनुसार नागरिकता विधेयक प्रकरणमा राष्ट्रपतिको पछिल्लो गतिविधि अस्वाभाविक रहेको निष्कर्ष पनि गठबन्धन दलका नेताहरूले निकालेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।