Sat Oct 1 2022
देश

एमाले केन्द्रीय सदस्यमा मनोनितले लिए सपथ

नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना सदस्यलाई सपथ ग्रहण गराएको छ । पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बस्नुअघि सपथ ग्रहण गराएका हुन् ।

भदौ ७ गते बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।