Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

नेपाल केन्याविरुद्ध बलिङमा

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गर्नेभएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।

यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ ।  त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।