Sat Sep 24 2022
मुख्य खबर

महानगरले भत्कायो अनाधिकृत घर टहरा

काठमाडौं– काठमाडौं महानगरपालिकाले शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा डोजरको सहयोग लिएर भत्काएको छ ।

काठमाडौं महानगरका अनुसार सार्वजनिक जग्गामा स्वीकृत नलिई बनाइएको घर टहरा शनिबार बिहानबाट भत्काउन थालिएको हो । घर टहरा भत्काउनका लागि महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोक पुगेको थियो ।