Tue Sep 27 2022
मुख्य खबर

ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं–शुक्रबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार पनि ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बस्दैछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रस्तुत गरेको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । छलफलका लागि ९ समूह विभाजन गरिएको छ।

एमालेका अनुसार समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिएसँगै बैठकको समापन हुनेछ । बैठक बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

शुक्रबारको बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए ।