Sun Nov 27 2022
अन्तर्राष्ट्रिय

नेपाल र केन्या भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।

तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।