Sat Oct 1 2022
देश

न्युरोडको सुरज अर्केडमा काठमाडौं महानगरले पठायो डोजर

काठमाडौं । काठमाडौं महानगरले न्यूरोड मखन टोलस्थित व्यापारिक भवन सुरज अर्केडको अनधिकृत संरचना भत्काउने भएको छ ।

अर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन डोजर लिएर नगर र ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।

अहिले त्यहाँ अगाडि पार्किङमा राखिएका मोटरसाइकलहरू हटाउन थालिएको छ ।

काठमाडौं महानगरमा नक्सा पासविना बनाइएका संरचना तथा अण्डरग्राउण्ड पार्किङ खाली गराउन महानगरले अभियान चलाइरहेको छ । मेयर बालेन्द्र साह यस कामका लागि आफैं डोजर लिएर मैदानमा खटिएका छन् ।