Tue Sep 27 2022
देश

आजको मौसम : यी ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।

अहिले देशैभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहने साथै लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

उक्त प्रदेशका भू-भागहरूमा पहिरोको जोखिम रहेको तथा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।