Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

केन चम्किदा टोटेनहमको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको ५६ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्न सकेनन् । केनको प्रहार फरेस्टका गोलकिपर डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरे ।

तर, खेलको ८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

यस जितसँगै टोटेनहमले ४ खेलमा १० अंक जोडेको छ । टोटेनहम तेस्रो स्थानमा रहेको छ ।

फरेस्ट ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले एस्टन भिल्लालाई १-० ले हराएको छ ।

उल्भ्स र न्युकासलले १-१ गोलको बराबरी खेलेको छ ।