Wed Sep 28 2022
देश

पल शाहको मुद्दाको पेसी आज

अभिनेता पल शाहको मुद्दाको पेसी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेसी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी छ भने नवलपुर अदालतले २१ भदौका लागि पेसी तोकेको छ ।

उनका अनुसार मुद्दा फैसालाको अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनुपर्ने दुईमध्ये एक फैसला आउनेछ ।

गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।