Sun Sep 25 2022
देश

रोकिराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हेटौंडा-१८ कठाएत चोकमा भण्डारी लोकमार्ग अन्तर्गत ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना. ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकिराखेको बा. ४४ प ३८०२ नम्बरको मोटरसाईकलसँगै रहेका चालकलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते वीरगञ्ज १ बस्ने ३१ वर्षीय धर्मेन्द्रराम थारुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।