Sat Oct 1 2022
देश

दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते

काठमाण्डौ। दाङको घोराही उपमहानगरपालिका १२ गुरउमा तिजको दिन नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएका छन्। तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको प्रहरीले जनाएको छ।