Sat Oct 1 2022
Breaking News

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र बयान दिन सिंहदरबार पुगे

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बयानका लागि पुगेका छन् । संसदको महाअभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो ।

राणालाई संघीय संसद सचिवालयका मर्यादापालकले सुरक्षा दिएर भित्र लगेका थिए । केही बेरमा सुरू हुने बैठकमा उनलाई बयान लिइँदैछ ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।

समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।