Mon Nov 28 2022
Uncategorized

२४ बुँदे माग राख्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं। २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन्।

मागको सुनुवाइ हुने नदेखेपछि आन्दोलनमा उत्रिनु परेको कर्मचारीहरु बताउछन्। उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन्।

आगमी २१ भदौसम्ममा माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनि दिएका छन्। आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री, सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन्।