Thu Oct 6 2022
देश

राष्ट्रपतिले प्रचण्डसहित माओवादी नेतालाई छलफलका लागि बोलाइन्

काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटघाटको लागि बोलाएकी छन्। बुधबार दिउँसो ३ बजे भण्डारीले माओवादी अध्यक्षसहितका नेताहरुलाई भेटघाटको लागि बोलाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

नागरिकता विद्येयक राष्ट्रपति कार्यालयबाट पुनर्विचारको लागि फिर्ता पठाएपछि भण्डारीले नेपाली कांग्रेस र नेकपा एमालेसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्।