Mon Sep 26 2022
देश

गगनकुमार थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ।

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको हो। २०७० र २०७४ सालमा काठमाडौँ–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।