Fri Oct 7 2022
खेलकुद

टी-२० क्रिकेटमा नेपालको वरियता खस्कियो

नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो ।

अघिल्लो वरीयतामा १५ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । वरीयता घटेसँगै सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने नेपालको सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै स्थान सुरक्षित गर्नेछन् ।

टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानममा छन् । यस्तै दक्षिण अफ्रीका चौंथो, न्युजिल्यान्ड पाँचौं, अस्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् । एकदिवसीय क्रिकेटमा नेपाल १९ औं स्थानमा रहेको छ ।