Sat Sep 24 2022
देश

घरजग्गा कारोबारमा सम्पत्ति शुद्धीकरणको रकमबारे निगरानी बढाइने

काठमाडौं। घरजग्गा कारोबारमा सम्पत्ति शुद्धीकरणको रकम प्रयोग भएकोबारे अब निगरानी बढाइने भएको छ। दर्ता भएका रियल स्टेटबाहेक अन्यबाट घरजग्गा कारोबार गर्न नपाइने गरी कानुनी प्रावधान गर्न लागिएको छ। सो प्रयोजनका लागि सरकारले केही ऐनमा संशोधनको तयारी गरेको छ।

बुधबार अर्थ समितिमा सचिव धनराज ज्ञवालीले यसबारे जानकारी गराएका हुन्। उनका अनुसार सरकारले पर्यटन ऐनमा समेत संशोधन गरी क्यासिनोमा हुने लगानीलाई समेत अब निगरानी गर्ने भएको छ। हुन्डीको कारोबारमा समेत सरकारले कडा निगरानी गर्ने गरी कानुनी प्रावधान गर्न लागेको सचिवले जानकारी दिएका छन्।