Wed Sep 28 2022
मुख्य खबर

धनगढीका स्वतन्त्र मेयर हमालको १०० दिन : सार्वजनिक गरे ४२ उपलब्धि

 दिनेश बिष्ट, कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

हमालले पत्रकार सम्मेलनमार्फत सयदिनको कार्यप्रगति प्रस्तुत गरेका हुन् । मेयर हमालले वडा स्वासथ्य क्लिनिक, खोला नाला सरसफाई देखी, सडकका खाल्टा पुर्ने र विद्युतीय हाँजिरसम्मलाई सय दिने प्रगतीमा उल्लेख गरेका छन् ।

गत स्थानिय निर्वाचनमा धनगढी उप महानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार सम्हालेको एक सय दिन पुगिसकेको छ ।

यस अवधीमा हमालले ४२ वटा काम गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् । फोहोर ब्यवस्थापनका लागी सम्झौता, खोला नाला अतिक्रमण हटाउन शुरु, वडा स्वास्थ्य क्लिनिक शुरु, शुसासनका लागी ह्वाट्स एप नम्बर सञ्चालन, मुख्य बजारको सडकका खाल्टा खुल्टी पुर्ने काम, नगर कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण, नाली सफाई लगायत काम महत्वका साथ भएको भन्दै हमालले आफ्नो प्रगती भनेका छन् ।

यस्तै गौशाला ब्यवस्थापनका लागी पहल, नगर बिकासको कार्यालय नगरपालिका भित्रै स्थानान्तरण, तोक आदेशबाट हुने बिकासमा बन्द लगायतका उपलब्धी उनले प्रतिवेदनमा समेटेका छन् ।

राजनितिक दलबाट प्रतिनिधित्व गर्नेहरुबाट बिकास सम्भव नभएको भन्दै स्वतन्त्रबाट मेयरमा लडेका हमालले ठेला ब्यवस्थापन, समयमै काम पुरा नगर्ने निर्माण ब्यवसायीलाई कालो सुचिमा राख्ने, कोरोनाबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीका परिवारलाई राहत सहयोग, बिधुत, टेलिफोन, खानेपानी लगायतमा समस्या समाधान, बृक्षारोपण, तलव भत्ताको रकम आर्थिक सहयोग लगायतलाई उपलब्धीका रुपमा समेटेका छन् ।

उप महानगरको भवन उद्घाटन, विद्युतीय हाजिरि जडान, गौ संरक्षणका लागी अन्तरक्रिया लगायत उपलब्धी देखाएका छन् । आगामी दिनमा अतिक्रमण हटाउने र सडक क्षेत्रका संरचना हटाउने अभियान थालिने हमालको भनाई छ ।

हमालले आफ्ना ४२ वटा काममा सबैको सहयोग रहेको भन्दै मेयर हमालले उप महानगरलाई बिकासको मुलधारमा ल्याउन र शुसासन कायम गर्न सबै जनप्रतिनिधीको महत्वपूर्ण भुमिकाको अपेक्षा गरेका छन् । उत्तिकै रहने हमालको भनाई थियो ।