Mon Sep 26 2022
मुख्य खबर

नक्सा विपरित संरचनामाथि डोजर चलेसँगै पार्किङ स्थलहरु खुल्न थाले

मेनुका लम्साल- काठमाडौं महानगरले व्यापारीक भवनहरुका अवैध संरचनामा डोजर चलाउन थालेपछि पार्किङ स्थलहरु खुल्न थालेका छन् ।

महानगरका प्रमुख बालेन्द्र शाहको उपस्थिीतमा अवैध संरचनामा डोजर चल्न थालेपछि कतिपयले आफै संरचना हटाउन ,पार्कीङ स्थान खालि गर्न थालेका छन् । काठमाडौं महानगरभित्र पार्किङ स्थल सहितको पास गरेर बनाइएका करीब तिन सय व्यापारिक भवनहरु छन् ।

अवैध तथा नक्सा विपरित बनाइएका संरचना नहटेसम्म यो अभियान जारी रहने महानगरले स्पष्ट गरेको छ ।

महानगरले त्यस्ता संरचना हटाउन ३५ दिने सुचना जारी गरेपनि त्यसको कार्यान्वयन नहुँदा यो अभियान थालेको हो । एक साता अघि काठमाडौं महानगरपालिकाले प्रमुख बालेन्द्र शाहको उपस्थितीमा सुन्धारा स्थित काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबार मार्गका अनाधिकृत संरचनामा डोजर चलाएर भत्काइयो ।

यती मात्र नभई नयाँ बानेश्वर क्षेत्रका अवैध संरचना देखि राहदानी विभागमा समेत वेसमेन्ट खालि गराएको छ । विभागले आफ्नो पार्किङ अन्य प्रयोजनका लागि प्रयोग गरेपछि सेवाग्राहिले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता अहिले केहिहदसम्म हटेको छ । यो अभियानबाट पार्कीङ्गको समस्या २५ प्रतिशत समाधान हुने महानगरको विश्वास छ ।

पार्किङ स्थलको सुविधा र सडकपेटी सहज हुने भएपछि महानगरको यो अभियानमा सर्वसाधारणको समर्थन देखिएको छ ।

यहि अभियानमा महानगरले बुधबार पनि इन्द्रचोकको पार्किङ हटाएको छ । यस्तै महानगरको निर्दैशनपछि त्रिपुरेश्वर स्थिीत राहदानी विभाग अगाडि रहेकोे भवनको वेसमेन्टमा रहेको रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन थालिएको छ ।

महानगरको अभियानले नियम उल्लंघन गर्नेहरुलाई पाठ सिकाएको छ साथै जे गरेपनि हुन्छ भन्ने आम मान्यतामाथि सबैले नियमको पालना गर्नेपर्ने सन्द्ेश दिएको छ ।