Sun Sep 25 2022
मुख्य खबर

विद्युतीय सवारीका लागि सरकारले ल्याएको चार्जिङ स्टेशन सञ्चालनमा चुनौती

अविशेक सुनार- नेपाल विद्युत् प्राधिकरणले विद्युतिय सवारी चार्जिङका लागी मंगलवारदेखि रत्नपार्क स्थित कार्यालय परिसरमा नै चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

सरकारले देशभरमा ५१ वटा चार्जिङ स्टेशन ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राख्ने बताएको छ । तर, लामो समयदेखी विद्युतिय सवारी सञ्चालन गरिरहेका निजि कम्पनीहरुले भने चार्जिङ स्टेशन सञ्चालन गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् ।

सरकारी तहबाट विद्युतीय सवारी चार्ज गर्नका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबार कार्यालय परिसरमा नै ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको जनाएको छ । बनिरहेको सोही चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने प्राधिकरणको भनाई छ ।

विद्युतिय सवारीका लागि स्थापना गरिएको चार्जिङ स्टेशनले स्वदेशमै विद्युतको खपत बढाउन र पेट्रोलियम पदार्थको खपत कम गर्न मद्दत पुग्ने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको दावी छ ।

नेपालमा निजि कम्पनीहरुले पनि लामो समयदेखी विद्युतिय सवारी सञ्चालन गरेका छन् । सरकारले निजी कम्पनीका लागि विद्युतिय सवारीको चार्जिङ स्टेशन बनाउनका लागि निश्चित मापदण्ड तोकेको छ । तर, सरकारी तवरबाट नै स्थापना भएको चार्जिङ स्टेशन भने मापदण्ड विपरित नै बनाउँदा निजि कम्पनीले आपत्ती जनाएका छन् ।

सरकारले विद्युतिय सवारी सञ्चालन गर्ने निति ल्याएपनि निजि कम्पनीलाई भने प्रोत्साहन र सहयोग नै नगरेको उनीहरुको भनाई छ । प्राधिकरणले सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन भनिएपनि सञ्चालनमा चुनौती भएको निजि कम्पनीले बताएका छन् ।

सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । तर, लामो समय देखी विद्युतिय सवारी सञ्चालन गरेका निजि कम्पनीको र सरकारको उद्धेश्य एउटै भएपनि सरकारले निजि कम्पनी कम्पनीसँग सहकार्य र प्रोत्साहन नगर्नुले सरकारी निकायको स्वार्थीपनलाई झल्काएको छ ।