Wed Sep 28 2022
मुख्य खबर

राष्ट्रिय सभाको बैठक आज

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ः५९ बजे शुरु हुने भएको छ । आजको बैठकमा राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक, सिद्धान्त, नीति र दाइित्वो कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६ सभा समक्ष प्रश्तुत गर्ने, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९ सभामा प्रश्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेलगायतका प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।