Sun Sep 25 2022
मुख्य खबर

जबरासँग दोस्रो दिनको बयान सुरु

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।
सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको हो ।

जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो । यसअघि बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ वटा मात्रै प्रश्न सोधिएको थियो । त्यसक्रममा उहाँले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोख्नु भएको थियो ।