Thu Oct 6 2022
मुख्य खबर

कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु : नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।

जनकपुरधाममा आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्र्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रह समेत गरे ।