Sat Oct 1 2022
मुख्य खबर

जबराको प्रश्न– महाभियोग प्रस्ताव गर्नेले नै छानबिन र निर्णय गर्न पाउँछ ?

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान २ वटा प्रश्नको जवाफपछि सकिएको छ ।

बिहीवार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो । बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन् ।

जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छकी मिल्दैन भनेर प्रश्नसमेत उठाए । बैठकपर्छि महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले भदौ १९ गते बस्नेगरी बिहीबारको बयान सकिएको जानकारी दिए ।

नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताए ।

प्रधानन्यायाधीशले व्यक्त गर्नुभएको शब्दहरुमा आपत्ति जनाउनु नहुने भन्दै नेता विश्वकर्माले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर प्रश गरिएको जानकारी दिए ।

यसैगरी माओवादी केन्द्रकी सांसद रेखा शर्माले महाअभियोगलाई निस्पष्क्षताका साथ छिटो छरितो बनाउ १९ गते अघि नै समितिको बैठक बोलाएर छलफल गर्ने बताइन् ।

सांसद शर्माले प्रधानन्यायाधीश राणाले प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफैँ उजुरी गरेर आफैँले छानबिन गर्न नपाउने जिकिर गरेपछि यस्तो प्रावधान नभएको र नियम, कानून र नियमावली अनुसार नै छानबिन गरेको सांसदहरुले स्पष्ट गरेको जानकारी दिइन् ।

समितिले प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराबिरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको हो ।