Sun Sep 25 2022
मुख्य खबर

लमजङमा भरुवा बन्दुक सहित एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले भरुवा बन्दुक सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले दुई थान भूरुवा बन्धुक सहित क्वाहोलासोँथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने वर्ष २७ का यमबहादुर राना मगरलाई पक्राउ गरेको जनाएको छ ।

लमजुङका प्रहरी डिएसपी प्रकाश श्रिमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा दूई थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका रानामगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा बुधबार सात दिन म्याद थप अनुमति लिई थप अनुसान्धन कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मुलुकी अपराध सहित २०७४ अन्र्तगत परिच्छेद ६ अनुसार हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा उतपादन र निर्माण गरेको पाईएमा १० वर्ष कैद र एक लाख रुपैया सम्म जरिवाना हुने व्यवस्था छ ।