Sun Sep 25 2022
मुख्य खबर

सप्तऋषिको पुजा गरी ऋषि पञ्चमी मनाइयो

मेनुका लम्साल- हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।

यस दिन महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया अथवा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

रजस्वलाका समयमा कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी बिहिबार हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।

रजस्वलाका समयमा कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन नदी तथा खोलामा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ । यस दिन सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ ।
हरितालिका तीजको व्रत एवं पूजा आराधना महिलापुरुष दुवैले गर्ने शास्त्रमा उल्लेख भएपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

यसदिन स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कन्दमूल र कर्कला आदि खाई एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । देशभरका शिवालय मन्दिरदेखि ऋषि थानहरुमा महिला भत्तजनहरुले पुजा आरधना गर्ने गरेका छन् ।

पछिल्लो समय विश्वव्यापीकरणको प्रभावले महिलाहरुले रजस्वला बार्ने प्रचलन केहिहदसम्म हट्दै गएको छ । तर परिवर्तनका हिसाबले सकरात्मक भएपनि धार्मिक परम्परा अनुसार अन्जानमै त्रुटि हुन सक्ने भन्दै यस पर्वलाइ महिलाहरुले विशेष महत्व दिने गरेको पाइन्छ ।