Fri Oct 7 2022
मुख्य खबर

प्रदीप गिरि समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्योः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ ।

आज काठमाडौंमा भएको १३औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनु भयो । उहाँले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पु¥याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताउनु भयो ।

उहाँले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पु-याउने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले स्व. गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभर पु¥याएर उहाँका चिन्तनहरु अघि बढाउने बताउनु भयो ।