Thu Oct 6 2022
मुख्य खबर

राष्ट्रपति भण्डारीद्वारा १५ महिला चिकित्सकलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ ।

आज राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा महत्वपूर्ण काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो ।

नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गतवर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको हो ।

वुमन इन मेडिसिन अवार्ड पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ ।

त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरुले पाउनु भएको छ ।