Sun Sep 25 2022
आर्थिक

नेप्से सूचक १.६७ अंकले गिरावट, ६९ करोड ८८ लाखको मात्र कारोबार

शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा करिब दुई अंकले नेप्से घटेको छ । नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो ।

यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ । २ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ ।

आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९.८० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताहरुले ६.१६ प्रतिशतले गुमाएका छन् ।