Mon Sep 26 2022
मुख्य खबर

सिट बाँडफाँटमा गठबन्धनभित्र असहमति छैनः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्र) का अध्यक्ष एवं पुष्पकमल दाहालले सिट बाँडफाँटको विषयलाई लएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गर्नुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताउनु भयो । उहाँले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताउनु भयो ।

अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताउनु यो । उहाँले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभयो । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताउनु भयो ।