Fri Oct 7 2022
मुख्य खबर

शुन्य समयमा बोलेको कुराको सम्बोधन नहुने भन्दै सांसदहरुको आपत्ति

प्रतिनिधि सभाको शुन्य समयको औचित्यमाथि संसदमा प्रश्न खडा भएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा शुन्य समयको औचित्यमाथि प्रश्न खडा गरिएको हो ।

शुन्य समयमा बोलेको कुराको सम्बोधन नहुने भन्दै सांसदहरुले आपत्ति समेत जनाए ।

प्रतिनिधि सभाको शुन्य समउमा सांसदहरुले उठाएका जनसरोकारका विषय महत्व पूर्ण हुने र सरकार त्यसप्रति संवेदनशिल हुनुपर्ने संसदीय व्यवस्थामो मान्यता नै हो । तर पछिल्लो समय प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुले उठाएको आवाजप्रति कुनै सुनुवाइ भएको पाइदैन ।

शुक्रबार शुन्य समयमा नेकपा एमालेका सांसद रामवीर मानन्धरले शुन्य समयमा बोलेका कुराहरुको सम्बोधन नभएको भन्दै यसको औचित्य नरहेको तर्क गरे । उनले आगामी दिनमा आफू शुन्य समयमा नबोल्ने घोषण नै गरे ।

सुन्य समयमा सांसद मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका भन्दै उनले नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

यसैगरी सांसद मैनाकुमारी भण्डारीले नेपाली पुरुषसँग विवाह गर्नासाथ विदेशी महिलालाई नागरिकता दिने प्रावधान गलत भएको भन्दै यसबाट दश वर्षपछि नेपाली वंशज अल्पमतमा पर्ने र आफ्नै देशमा शरणार्थी हुने अवस्था आउनेतर्फ सचेत गराइन् ।

सुन्य समयमा सांसद रंगमती शाहीले बैंकमा पैसा नहुने तर व्यक्तिको घरघरमा पैसा भएको भन्दै सम्पती शुद्धिकरण गरेर राज्यको कोषमा जम्मा गर्नुपर्ने तथा सांसद रेनुका गुरुङले आतंकवादी हत्याराहरु, मानव तस्कर र सीमा अतिक्रमण रोक्न नेपाल– भारत सीमामा काँडेतार लगाउन माग गरिन् ।