Thu Oct 6 2022
मुख्य खबर

सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरेन : खिमलाल भट्टराई 

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको टिप्पणी गर्नुभएको छ ।

आज राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपति व्यक्तिको रुपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक र राजनीतिक प्रतिद्वन्द्वी भन्दा माथिको संस्था भएपनि सरकार, सभामुख र गठबन्धनका नेताहरुले त्यस अनुरुप व्यवहार नगरेको उल्लेख गर्नूभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भुमिका निर्वाह गर्न नसकेको आरोप लगाउदै उहाँले सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसदको गरिमा र महत्व घटाएको प्रतिक्रिया दिनुभयो । सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भएपनि त्यो पूरा हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।