Sat Oct 1 2022
मुख्य खबर

नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमान : वामदेव गौतम

पछिल्लो समय राष्ट्रपति विद्यादेबी भण्डारीले नागरिकता विधेयकमाथि गम्भिर चासो देखाएको अवस्थाले सरकारसँगको तनाव छताछुल्ल भएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरुले राष्ट्रपति जस्तो गरिमामय पदमाथि सरकारले अनावश्यक तुजुक देखाएको टिप्पणी गरेका छन् । नागरिकता विधेयक माथिको छलफलका क्रममा सांसदहरुले राष्ट्रपतिको सुझाव वेवास्ता गरेर सरकारले तुजुक देहाएको टिप्पणी गरेको हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा नागरिकता विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने टिप्पणी गरेका छन् ।

नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बेटिक नभएको भन्दै सांसदहरुले यसमा सरकारको दम्भ उचित नमएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने टिप्पणी गरे । राष्ट्रपतिको सन्देश सहितको सुझावहरु ग्रहण गर्न योग्य रहेको बताए ।

विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति गौतमले असन्तुष्टि जनाए । यसैगरी राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको टिप्पणी गरे ।

राष्ट्रपति व्यक्तिको रुपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक र राजनीतिक प्रतिद्वन्द्वी भन्दा माथिको संस्था भएपनि सरकार, सभामुख र गठबन्धनका नेताहरुले त्यस अनुरुप व्यवहार नगरेको देवकोटाको ठम्याइ छ ।

उनले सभामुख अग्निप्रसाद सापकोटाबाट संस्थागत भुमिका निर्वाह नभएर गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसदको गरिमा र महत्व घटाएको उल्लेख गरे । सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भएपनि त्यो पूरा हुन नसकेको उनको भनाइ छ ।