Sat Oct 1 2022
मुख्य खबर

उदयपुरको बेलकामा एकै परिवारका तीनजनाको विभत्स हत्या

उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।

बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरूको शव खोलामा भेटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।