Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

हङकङ ३८ रनमा अलआउट, पाकिस्तान सुपर चारमा

काठमाडौं । पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।

सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो ।

पाकिस्तानी बलरसामु हङकङका कुनैपनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाए । किन्चित शाहले ६ रन जोड्दा स्कटले ४ रन जोडे ।

पाकिस्तानका लागि शादब खानले ४ विकेट लिए । मोहमद नवाजले ३ विकेट लिंदा नासिम शाहले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय इनिङ खेले । रिजवानले अविजित ७८ तथा जमामले ५३ रन बनाए ।

खुल्सदिन शाहले अविजित ३५ तथा कप्तान बाबर अजामले ९ रन बनाए ।

हङकङका लागि इशान खानले २ विकेट लिए । यस जितसँगै समूह ‘ए’ बाट पाकिस्तानले सुपर चारमा स्थान बनाएको हो ।

यस समूहबाट भारतले यस अघि नै सुपर चारमा स्थान बनाईसकेको छ । यस समूहमा भारत २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

पाकिस्तानले २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । अंक विहीन हङकङ भने बाहिरिएको छ ।

Ehsan Khan celebrates after dismissing Babar Azam, Hong Kong vs Pakistan, Men's T20 Asia Cup, Sharjah, September 2, 2022