Sat Oct 1 2022
Uncategorized

प्रिमियर लिगमा आज आठ खेल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार आठ खेलहरु हुँदैछन् ।

म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका क्लबको खेल शनिबार रहेको छ ।

शनिबार हुने पहिलो खेलमा लिभरपुलले एभर्टनको सामना गर्नेछ ।

एभर्टनको मैदानमा हुने खेल साँझ ५:१५ बजे सुरु हुनेछ । यस्तै नेपाली समय अनुसार राति ७:४५ बजे एकै समय ६ खेल हुनेछ ।

जसमा चेल्सीले वेस्ट ह्यामको सामना गर्नेछ ।

टोटेनहमले फुलहम, लिड्सले ब्रेन्टफोर्ड, न्युकासलले क्रिस्टल प्यालेस, उल्भ्सले साउथह्याम्पटन र नटिङघम फरेस्टले बर्नेमाउथको सामना गर्ने छन् ।

त्यस्तै साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ ।

सिटी र एस्टनबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।