Tue Sep 27 2022
आर्थिक

साताको सेयर बजार : नेप्से सुचक तथा कारोबार रकम दुबै घटे

यो साता नेप्से सुचक तथा कारोबार रकम दुबै नै घटेका छन् ।
नियमित कारोबारको लागि नेप्से सातामा छ कार्य दिन नैं खुल्ला रहेको थियो ।

जसमध्ये दुई दिन झिनो अंकले बढेको नेप्से बाँकी चार कार्य दिन भने लगातार घटेको थियो । नेप्सेको यो घटाईले सुचक तथा कारोबार रकम दुबैमा दबाव परेको थियो ।

सोही आधारमा नेप्से १९ सय ७० दशमलव ६२ अंकमा खुम्चिन पुग्यो । यसैगरी क बर्गका कम्पनीहको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३ सय ८३ दशमलव २० अंकमा खुम्चिन पुग्यो ।

सातामा २ सय २६ वटा कम्पनीहरुको १ लाख ६२ हजार ९ सय ३६ पटक सेयर कारोबार भएको छ । जसबाट यो साता २ करोड १२ लाख ४५ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम ७ अर्ब ५५ करोड ४३ लाख ५८ हजार ९ सय २४ रुपैंयाँ कायम भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले कम हो । गत साता ९ अर्ब ६४ करोड ५३ लाख ९७ हजार ७ सय ५५ रुपैंयाँको सेयर कारोबार भएको थियो ।

उक्त साता २ सय २३ वटा कम्पनीहरुको १ लाख ९६ हजार १ सय ७३ पटकको कारोबारमा २ करोड ६१ लाख २ हजार ४ सय ४७ कित्ता सेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।