Mon Sep 26 2022
मुख्य खबर

सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको सुवास नेम्वाङको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गर्नु भएको छ ।
सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराईरहेको उहाँको भनाई थियो ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाउनु भयो । उहाँले निर्वाचनमा गएपछि जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।