Tue Sep 27 2022
मुख्य खबर

पोखरा महानगरपालिकाका १०० दिनका उपलब्धिहरू सार्वजनिक

पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।

पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा आज पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख आचार्यले पदस्थापनाको पहिलो दिन ३७५ वटा फुलका बिरुवा रोपेको भन्दै १०० दिनको कामबाट सन्तुष्ट रहेको बताउनु भयो ।

प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको शुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेस गर्नुभएको छ ।

उहाँले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत विधुत प्राधिकरण र पोखरा महागनरको १३ करोडको लगानीमा २३ वटा चोकहरुमा १५ सय चार वटा सडक बत्ति जडन शुरु गरेको बताउनु भयो ।

१०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोडको व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना, साविक लेखनाथ नगरपालिकाको तालचोकदेखी बेगनासताल बसपार्कसम्म ४ लेनको सडक बनाउन ७५ करोडमा ठेक्का सम्झौतालाई उपलब्धी भनिएको छ ।

आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन हुनुअघि आवश्यक फोहोर व्यवस्थापन हुने महानगरको दाबी छ ।