Thu Oct 6 2022
आर्थिक

समयमै होसियारी अपनाएका कारण अर्थतन्त्रमा सुधार : मन्त्री शर्मा

केही समय अघिसम्म निरन्तर ओरालो लागेको नेपालको अर्थतन्त्र सुधारोन्मूख दिशातर्फ अघि बढेको जानकारहरुले बताएका छन् ।

कोरोना महामारीका कारण लामोसमय अधिकांश अर्थतन्त्रका सूचकहरू कमजोर बनेको अर्थतन्त्र बस्तुहरुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने चर्चा चलिरहँदा सरकारले आवश्यक नीति लिएर बिग्रन नदिएको जिकीर गरे । अहिले कायमै रहेको तरलताको समस्या हल गर्न सरकारले समयमै बजेट खर्च गर्नतर्फ विशेष ध्यान दिएको अर्थमन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्री शर्माले निर्यात प्रवद्र्धन गर्नका लागि बनाइएको नीतिगत निर्णयहरु तत्काल कार्यान्वयन गर्न पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोरोनाकालमा उपलब्ध सुविधाहरु सधैं नपाउनेतर्फ उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि मुलकको अर्थतन्त्र सहज बन्दै गईरहेको बताए । अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै बस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाई थियो ।

केही बस्तुहरुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिदै आएको बताए ।

उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनिकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औंल्याए ।