Thu Oct 6 2022
मुख्य खबर

नागरिकता विधेयक हुबहु पारित गर्दा राष्ट्रपतीय संस्थाको अवमूल्यन भयो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझाव सहित नागरिकता विधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका हुन् ।

उनले गठबन्धन दलले नागरिकता विधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा धकेल्न खोजेको आरोप लगाए । त्यस्तै थापाले आगामी निर्वाचनबाट संसद्मा सम्मानजनक उपस्थिति हासिल गर्न सके हिन्दुराष्ट्र पुर्नस्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गरे ।

प्रमुख राजनीतिक दलको विकल्पमा फरक बिचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उनको भनाई छ ।

थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा पनि राखे ।