Sat Oct 1 2022
मुख्य खबर

अमेरिकाले ताइवानलाई सैन्य उपकरण बिक्रि गर्ने

अमेरिकाले ताइवानलाई लगभग १ दशमलव १ अर्ब अमेरिकी बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ ।
अमेरिकाको सुरक्षा एजेन्सीले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित अन्य सैन्य उपकरणको बिक्री स्वीकृत भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाको दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको हो ।

साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् । जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासल हतियार बिक्री नगर्न बाइडेन प्रशासनलाई आग्रह गरिरहेको अवस्थामा यो सहमति भएको हो । हतियार बिक्रीले ताइवानमा तनाव निम्त्याउने चीनको तर्क छ ।