Tue Sep 27 2022
अन्तर्राष्ट्रिय

एमबाप्पे चम्किदा पीएसजीको जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्तेसलाई ३-० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । नुनो मेन्डिसले एक गोल गरे ।

खेलको १८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

२४ औं मिनेटमा फाबियोले रातो कार्ड पाएपछि नान्तेस १० खेलाडीमा समेटियो ।

खेलको ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।