Sat Oct 1 2022
प्रदेश १

सुनसरी ३ ‘क’ प्रदेश सभामा एमालेले युवा उम्मेदवार उठाउने

सुनसरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ ‘क’ बाट सञ्चार उद्यमी, विष्णु कार्की (समिर)को नाम सिफारिस भएको छ ।

युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा लगानी गरेरका कार्कीका अन्य बिभिन्न व्यवसायिक उद्यम पनि छन् । टेलिभिजन सञ्चालन गर्दा ताका कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित कार्कीलाई सुनसरी ३ ‘क’ मा अघि सारेर एमालले युवा मत बटुल्ने रणनीति तयार गरेको छ ।

कुनैबेला इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा जुटेका कार्की, बिभिन्न सामाजिक कामसहित खेलकुद प्रतियोगिता समेत गर्दै आएका छन् ।