Fri Oct 7 2022
देश

चोलेन्द्रसँगको आजको बयान सकियो, २५ गते फेरि बोलाइयो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको आजको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले आज उनलाई पाँचवटा प्रश्न सोधेको थियो । उनलाई सोध्न ४३ वटा प्रश्न तयार छन् ।

आज करिब एक घण्टा उनको बयान लिइएको थियो । राणालाई बयानका लागि भदौ २५ मा बोलाइएको छ ।

निर्वाचनको तयारीका लागि नेताहरू जिल्ला-जिल्लामा जानुपर्ने भएकोले बैठक केही दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।