Fri Oct 7 2022
खेलकुद

ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फको लागि बागमती प्रदेशले ज्ञानेन्द्र मल्लको कप्तानीमा टोली घोषणा गरेको छ । भदौ २३ देखि काठमाडौंमा हुने क्रिकेट प्रतियोगिताको लागि बागमतीले ज्ञानेन्द्रको कप्तानीमा टोली घोषणा गरेको हो ।

घोषणा टोलीमा ज्ञानेन्द्रसँगै ओपनर तथा विकेटकिपर सुबास खकुरेललाई बागमतीले उपकप्तानको जिम्मेवारी दिएको छ । युवा ओपनर रित गौतमले नेपाल एपिएफ क्लब छाड्दै बागमतीमा फर्किएका छन् । रित यसअघिका दुई सिजनमा भने नेपाल एपिएफ क्लबबाट खेलेका थिए ।

एपिएफमा पर्याप्त अवसर नपाएपछि बागमतीमै फर्किएका हुन् । घोषणा टोलीमा ज्ञानेन्द्र, सुवास खकुरेल, प्रतिश जि.सी., नन्दन यादव र ईशान पाण्डे लगायतका खेलाडी छन् । युवा ब्याटर शुभ कंसाकारलाई बागमतीले पहिलो पटक मौका दिएको छ ।

नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । तर त्यो समममा नेपाल टि२० लिग जुध्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले भदौ अन्तिममा क्रिकेट गर्ने भएको हो ।

नेपाल टि२० लिग भने असोज ८ देखि कार्तिक ५ सम्म टियु मैदानमा हुनेछ । तर अधिकाम्स प्रदेशले छनोट बिनानै टोली घोषणा गर्ने तयारी गरेका छन् । भदौ २३ देखि टियु र मुलपानी क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता सुरुहुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, ७ प्रदेश र एनआरएन गरि कुल ११ टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिनेछ ।

No description available.